राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य–सचिवद्वारा पदबहाली

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पदबहाली गर्नुभएको छ । दुवैले त्रिपुरेश्वस्थित आ–आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको हो । दुवैलाई गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले नियुक्त गरेको थियो ।

पदबहाली गर्नुअघि दुवैले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गर्नुभएको थियो । खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।

मन्त्री विश्वकर्माले उहाँहरुको कार्यकाल उदारहणीय बन्ने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउँदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

सदस्य–सचिव सिलवालले गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदलाई सबैको आकर्षणको केन्द्र बनाउन प्रयासरत रहने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्