ओलीसँग वार्ता गर्न प्रचण्डलाई जिम्मेवारी, ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर

File Photo

काठमाडौं – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपनि इतर समूहले त्यसलाई अस्वीकार गर्दै बोलाएको स्थायी समिति बैठक सकिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेका छन् । एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको बैठकले निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । बैठकमा २९ स्थायी समिति सदस्य र २ जना आमन्त्रित सदस्य सहभागी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्