गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित

पोखरा – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।

संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए । सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजी रहेको बताए ।
सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको १ बजे बस्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्