अझै २ सय १ स्थानीय तहहरु बजेट ल्याउन असफल

काठमाडौं – अझै २ सय भन्दा बढी स्थानीय तहहरुले बजेट ल्याउन असफल भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयन सुरु भइसक्दा पनि अझै २ सय १ स्थानीय तहले बजेल ल्याउन असफल भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांक अनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । बजेट ल्याउन नसकेका स्थानीय तहको कुल प्रतिशत २६.६९ हो ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ मा रहेका स्थानीय तहमध्ये ९१ प्रतिशत स्थानीय तहले बजेट ल्याइसकेका छन् । अब ९ प्रतिशत मात्र स्थानीय तहमा बजेट आउन बाँकी छ ।

तर, प्रदेश २ मा भने आधा भन्दा बढी स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । प्रदेश २ मा कुल १३६ स्थानीय तह छन् । त्यसमध्ये मात्र ५८ स्थानीय सरकारको बजेट आएको छ । ७८ स्थानीय तहमा बजेट आउन सकेको छैन ।

प्रदेश २ मा १० असारमै बजेट पेश गर्ने स्थानीय तहको संख्या मात्र ५ रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्