फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने २३ वर्षिया युवक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो ।

२३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ‘ठूलो समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनुस्’ भनेर म्यासेज गर्थे ।

अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे ।

‘फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेका हौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले भने–‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौँ ।’

सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्