लकडाउन अन्त्यसँगै कञ्चनपुरको मनमोहक बतासे झरनामा पर्यटकहरुको ओइरो

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे पर्वत श्रृंखलामा रहेको बतासे झर्ना नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । कोभिड–१९ तथा कोरोना भाइरसको जोखिम बढ्नसक्ने भन्दै वडा कार्यालयले लकडाउन अवधिभर बतासे झर्ना आवतजावतमा रोक लगाएको थियो । बर्खायामको प्रचण्ड गर्मी छल्न तराईबाट उल्लेख्य संख्यामा बतासे पुग्ने गरेका छन् ।
पर्यटकहरु झर्नामा पुगेर त्यसको मनोरम दृश्य देखेर रोमाञ्चित मात्रै हुदैँनन् झर्नाको पानीमा नुहाउन र पौडीको मज्जा लिनसमेत पछि हट्दैनन् । चिसो, कञ्चनपानी र वाह्य कोहालह बाट टाढा रहेको यस क्षेत्रमा पुग्दा जो कोहिको मन लोभ्याउन सक्छ । गाडीको यात्रापछि एक घण्टाको पैदल यात्रापछि जब चुरेको डाँंडामा रहेको झर्नासम्म पुगिन्छ उखर्माउलो गर्मी र उकालो चढदाको पीडा सबै बिर्साउँछ ।
बनहरा नदीको शिरानमा रहेको बतासे झर्ना हालै पत्ता लागेको हो ।

सामाजिक सञ्जाल फेसबुकलगायत विभिन्न सञ्चार माध्यममा यसबारे जानकारी बाहिर आएपछि यहांँ जानेको भीड बढेको छ । धारापानीबाट करिब एक/डेढ घण्टा उकालो चढेपछि बतासे झर्ना पुगिन्छ ।
‘पहाडको माथिबाट झर्दै गरेको निश्चल पानी बगेको झर्नाको दृश्य देखेर मन्त्रमुग्ध नहुने कोही छैन । झर्नाको संरक्षण गरी पर्यटकलाई यस क्षेत्रमा पुग्नका लागि भौतिक पूर्वाधार बनाउनमा सबैले जुटनुपर्ने देखिन्छ । झण्डै दुई सय फिट माथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झर्ना भन्ने गरिएको वडा अध्यक्ष बहादुर सिंह महराले बताए ।

दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झर्ना झर्ने गरेको छ । झर्नाको दृश्य अलौकिक रहेको र झर्नासँगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्य नै बन्न पुगेको छ ।
चारैतिर हरियाली जंगल अनि चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँडदै गरेका बेला नजिकैबाट चितुवा, लगुना, बँदेल लगायतका जंगली जनावर उफ्रिँदै हिँडेको दृश्यले मनमा नयाँ उमंग थप्ने गरेको छ । वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि सडकको ट्रयाक खोलेको छ । पूर्वपश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकल लगायतका सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्