दार्चुलाको नौ वटै स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु मालिकार्जुनमा, कम दुहुँ गाउँपालिकामा

गणेश सिह धामी 

दार्चुला – दार्चुलाका नौ ओटैं स्थानीय तहहरु मध्ये सबैभन्दा बढि बेरुजु मालिकार्जुन गाउँपालिकाको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७५÷७६ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा दार्चुलाका नौ ओटैं स्थानिय तहहरु मध्ये सबैभन्दा बढि बेरुजु मालिकार्जुन गाउँपालिकामा देखिएको हो ।

मालिकार्जुन गाउँपालिकाको लेखा परिक्षण गरिएको कुल रकम रु ८ लाख ८२ हजार १सय ६ को १५.९३ प्रतिशत रकम १लाख ४० हजार ५सय ५९ रुपैयाँ बेरुजु देखाएको हो । मालिकार्जुन गाउँपालिका पछि जिल्लामा सबैभन्दा बढि शैल्यशिखर नगरपालिकामा बेरुजु देखिएको छ । शैल्यशिखर नगरपालिकाको लेखा परिक्षण गरिएको रकम रु ९ लाख ५ हजार ३ सय ३४ को १०.७४ प्रतिशत रकम ९७ हजार २ सय रुपैयाँ बेरुजु देखाएको हो । यस्तै सबैभन्दा बढि आउने तेस्रो स्थानिय तहमा नौगाड गाउँपालिका परेको छ । नौगाड गाउँपालिकाको लेखा परिक्षण गरिएको रकम रु ७८ हजार १ सय ६६ को ५.३५ प्रतिशत रकम ४१ हजार ८ सय ११ रुपैयाँ बेरुजु देखाएको हो ।
त्यस्तै बढि बेरुजु आउने चौथो स्थानीय तहमा मार्मा गाउँपालिका परेको छ । मार्मा गाउँपालिकाको लेखा परिक्षण गरिएको रकम रु ६ लाख ८२ हजार ३ सय ७ को ५.०१ प्रतिशत रकम ३४ हजार १ सय ९२ रुपैयाँ बेरुजु देखिएको हो । त्यसपछि पाँचौमा अपी हिमाल गाउँपालिकाको बढि बेरुजु देखिएको छ । अपी हिमाल गाउँपालिकाको लेखा परिक्षण गरिएको रकम रु ४ लाख ८५ हजार ९ सय ९९ को ४.३४ प्रतिशत रकम २१ हजार ९४ रुपैयाँ बेरुजु देखिएको हो । यस्तै लेकम गाउँपालिकाको लेखा परिक्षण गरिएको रकम रु ६ लाख ५७ हजार ३ सय ५० को ३.८५ प्रतिशत रकम २५हजार ३ सय १९ रुपैयाँ बेरुजु देखिएको हो । यस्तै महाकाली नगरपालिका लेखा परिक्षण गरिएको रकम रु ११ लाख ४४हजार २ सय ४२ को ३.४७ प्रतिशत रकम ३९ हजार ६सय ९२ रुपैयाँ बेरुजु देखिएको हो ।

व्यास गाउँपालिकाको लेखा परिक्षण गरिएको रकम रु ५लाख४८हजार३सय५५को २।९३ प्रतिशत रकम १६हजार८२ रुपैयाँ बेरुजु देखिएको हो ।

जिल्लामा सबैभन्दा कम बेरुजु आउने स्थानीय तहमा दुहुँ गाउँपालिका परेको छ । दुहुँ गाउँपालिकाको ५लाख ३६ हजार २ सय ३४ रकम लेखापरिक्षण गरिए मध्ये १.८२ प्रतिशत अर्थात ९ हजार ७सय ७० रकम बेरुजु आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्