नेकपाभित्र देखिएको विवाद समाधान गर्न स्थायी समिति असफल, न त निर्णय, न त सहमति

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न स्थायी समिति असफल भएको छ ।
पार्टीका दोस्रो तहका प्रभावशाली नेताहरुको बाहुल्यता रहेको स्थायी कमिटीको बैठकले अहिले देखिएको विवादमा ठोस निष्कर्ष दिन नसक्दा पार्टीभित्रको गतिरोध लम्बिएको छ । असार १० गतेबाट सुरु भएको कमिटीको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी दुवैमा असफल भएको भन्दै उनको राजीनामा माग गरेका छन् ।

ओलीको राजीनामा मागका कारण प्रधानमन्त्री ओलीले बैठक पन्छाउँदै आएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरु ओलीलाई कम्तिमा दुईमध्ये एक पदबाट हटाउन जोड गरिरहेका छन् । तर ओलीले आफूले कुनै हालतमा पनि पद नछाड्ने बताएपछि विवादको गाँठो कस्सिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्