देउवाको मनोनयनमा काग्रेसका तीन नेताको उजुरी

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने अभिप्रायका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले देउवा विरुद्ध उजुरी दिएका हुन् । महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अहिले सम्म गठन भएका छैनन् । तर अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि विभागहरु गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको ती नेताहरुको आरोप छ ।

उजुरीमा भनिएको छ – ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’

यसैबीच सभापति देउवाले आफू निकटका नेताहरुलाई विभाग प्रमुख र सदस्यहरु मनोनित गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्