सिन्धुपाल्चोक पहिरो अपडेट : थप २ घर बगे, कुल २३ जना बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बु र बलकुटेमा बुधबार राती अबिरल परेको बर्षाका कारण घरपरिवार गुमाएकाहरुको अहिले सम्म उद्धार हुन सकेको छैन् । बाह्रबिसे नगरपालिका–५ जम्बुमा एल्मो खोलाको बाढीले १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै बधुबार राती नै परेको बर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दूई घर बगाएको छ भने ४ जना बेपत्ता भएका छन् ।

जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरु आक्रोसित हुन थालेका छन् । बाढी पिडतहरुको यति खेर रुवाबासी, चिचाहट हुन थालेको छ । घटनास्थलमा अहिलेपनि भारी बर्षा भइरहेको छ ।
बाढीले बाटो अबरुद्ध भए पछि प्रयाप्त मात्रमा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्न सकेका छैनन् । सो कारण उद्धार कार्यमा ढिलाई भईरहेको छ ।

घटनास्थ क्षेत्रमा बर्षा भईरहेका कारण उद्धार टोललिाई समस्या भईरहेको जनाएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले उद्धारका लागि काठमाडौंबाट घटनास्थल जान खोजेपनि प्रतिकुल मौसमका कारण उहाँ धुलिखेलबाट नै फर्कनु परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्