शैल्यशिखर नगरपालिकाद्वारा कृषक समुहहरुलाई नि:शुल्क कृषि उपकरण वितरण, प्रमुख भन्छन् ‘कृषि अहिलेको आवश्यकता’

दार्चुला – शैल्यशिखर नगरपालिकाले कृषक समुहहरुलाई नि:शुल्क कृषि उपकरण वितरण गरेको छ ।
बुधबार नगर प्रमुख अमरसिंह धामीले नगरपालिका भित्रका कृषक समुहहरुलाई कृषि उपकरण वितरण गरेको हो । कृषक समुहहरुलाई हाते ट्याक्टर, पोलिहाउस, स्प्रे पम्प लगायतका सामाग्रीहरु वितरण गरिएको नगर प्रमुख धामीले बताए । कृषि उपकरण वितरणले नगरपालिकाले कृषि क्षेत्रमा फड्को मार्ने प्रमुख धामीको विश्वास छ । कृषि नै अहिलेको आवश्यकता भएको नगर प्रमुख धामीले बताए । कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका युवाहरु गाउँ फर्किएको र उनीहरुको रोजगारी गुमेको हुँदा त्यो समस्यालाई कृषि क्रान्तिबाट सामाधान गर्नुपर्ने प्रमुख धामीले बताए । उनले सबैलाई कृषि क्षेत्रमा ध्यान दिन पनि आह्वान गरे ।

कृषिलाई आधुनिकिरण बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न कृषक समुहहरुलाई कृषि उपकरण वितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्