कोभिड–१९ बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति

काठमाडाैँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड–१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ ।
परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोरोनासँग सम्बन्धित १२० वटा प्रस्ताव आएकामा इथिकल रिभ्यु बोर्डबाट ८७ वटा प्रस्तावलाई स्वीकृति दिइएको जानकारी दिनुभयो । उहाँले तीमध्ये केही रिपोर्ट परिषद्लाई प्राप्त भइसकेको जानकारी दिए ।
उहाँले कोरोना निको भएका बिरामीमा शरीरमा एन्टिबडी कत्तिको उत्पादन भएको छ र प्लाज्मा थेरापीबाट यसको प्रयोग अन्य कोरोनाका बिरामीमा गर्ने सम्बन्धमा अनुसन्धान थाल्ने बताए । उहाँले कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको प्रभावकारिताका सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिए ।
डा. ज्ञवालीका अनुसार परिषद्ले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य अवस्था, कोरोना उपचारमा अग्रस्थानका डाक्टरको अनुभवका विषयमा गरेको अध्ययनको रिपोर्ट तयारी भइसकेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्