नेकपाको स्थायी समिति बैठक फेरि स्थगित, बैठक २६ गते ११ बजे बस्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।

मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समिति बैठक थप दुई दिनका लागि स्थगित भएको जानकारी दिए।

उनले बैठक २६ गते ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्