ओली र प्रचण्डबीच आज पनि ‘वान टु वान’ वार्ता हुने, निस्किएला त निकास ?

File Photo

काठमाडौं – पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइनसकेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रचण्डको सचिवलयले पनि ११ बजेपछि दुई नेताबीच वार्ता हुनसक्ने जनाएको छ । नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए । नेताहरुबीच सहमति खोजन भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्