राखेप सदस्य–सचिवमा सिलवाल आउट ढकालको इन्ट्री

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयका सह सचिब भक्त बहादुर ढकालले राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत हाल खेलकुद विभाग महाशाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका ढकाललाई नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिईएको मन्त्रि जगत बहादुर बिस्वकर्माले जानकारी दिए ।

खेलकुद विकास ऐन २०७७ लागु भए संगै राखेपका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिम्सिना लगायत सबै बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।

नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ ।

आफूलाई नयाँ नियुक्ति नहुन्जेल परिषदको दैनिक कार्य हेर्ने जिम्मेवारी रहेकोले सोहि अनुरुप कार्य गर्ने ढकालले जानकारी दिए । NTV 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्