नेपाली काँग्रेसको १४औँ महाधिवेशन फागुनमै हुने, वडा अधिवेशन पुष ६ गते देखि

File Photo

काठमाडौँ – नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिएको छ । तर पनि केन्द्रीय कार्यसमितिले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको छ ।

कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पु¥याइएको छ । पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन् । सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो । विधानकै व्यवस्थाअनुसार सभापति देउवाले एक वर्ष कार्यकाल थपेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्