लेकम गाउँपालिका-२ मा आयव्यय सार्वजनिक गर्नुपर्ने माग राख्दै स्थानीयले बुझाए ज्ञापनपत्र

दार्चुला – लेकम गाउँपालिका वडा नं. २ मा स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीयले वडा कार्यालयमा वितरण भइरहेको फलफुलका वोटविरुवाहरु जनतामुखी नभई कार्यकर्तामुखी रुपमा वितरण भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।  । यस्तै वडामा विवरण भएको राहतमा समेत अनियमितता भएको भन्दै हालसम्मको सम्पूर्ण आयव्यय सार्वजनिक गर्न ३ दिने अल्टिमेटम दिएको छ । आफुहरुको माग पुरा नभए थप संघर्षका कार्यक्रमहरु गर्ने स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्