बाहिर निस्किदै हुनुहुन्छ ? यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ ।

महाशाखाले आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरेको छ ।

यसैगरी, महाशाखाले आइतबार राति देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्