तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीया बालिका अर्धनग्न अवस्थामा मृत भेटिइन्

जनकपुरधाम उपमहानगरपालिकामा एक बालिका परेकी छिन् ।
जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भएकी थिइन् । बालिकाको खोजी गर्दा शुक्रवार मृत अवस्थामा फेला परेकी छन् ।
बालिकाको शव घरभन्दा एक किलोमिटर परको दूधमती नदीमा अर्धनग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
बुधबारदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयको भनाइ छ । बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी कञ्चन बेपत्ता भएकी थिइन् । शव पोस्टमार्टमका लागि अस्पताल लगिँदै छ ।

 

फाेटाे : कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्