प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ । ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको हो ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो ।

प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । प्रधानमन्त्री मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्