जनताको आर्थिक स्तरमा सुधार ल्याउन कृषिलाई प्रोत्साहन गरौ : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले एक पछि अर्को गर्दै जनमुखी कार्यक्रमहरु ल्याएको छ । जनताको आर्थिक स्तर उकास्नु अहिलेको मुख्य काम भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सोही मान्यता अुनसार गाउँपालिकाभित्र बसोबास गर्ने बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान गाउँपालिकाले थालेको छ । विगत देखि नै गाउँपालिका र संघसंस्थाहरुको पहलमा एक घर एक कृषि टनेल र्काक्रम संचाल गरिएकोमा आगामी आर्थिक वर्ष २०७७÷७८मा पनि सो कार्यक्रमलाई निरन्तरता दिइएको छ । हेलम्बुले यसअघि खाद्यान्नको अभाव हुन नदिन रसायनिक मलमा अनुदान दिइसकेको छ ।

अहिलको आवश्यकता कृषि क्रान्ति नै हो भन्ने बुझेर गाउँपालिकाले कृषि उत्पादनमा बढावा दिएको छ । कृषि उत्पादनलाई बढाउने उद्देश्यले गाउँपालिकाले कृषि, पशुपालन र पर्यटन क्षेत्रका व्यववासयीहरुको ऋणको ३ महिनाको ब्याज गाउँपालिकाले तिरिदिने अध्यक्ष शेर्पाले बताए ।

किसानको बारीमा गाउँपालिकाको टिम सहित अनुगमन गर्दै अध्यक्ष शेर्पा
किसानको बारीमा गाउँपालिकाको टिम सहित अनुगमन गर्दै अध्यक्ष शेर्पा

 

 

किसानको बारीमा अनुगमन गर्दै अध्यक्ष शेर्पा
किसानको बारीमा अनुगमन गर्दै अध्यक्ष शेर्पा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्