नेकपा स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।
अर्काे बैठक बिहीबार विहान ११ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्