नागरिकता विधेयक विरुद्ध उभिने काँग्रेसको निर्णय

काठमाडौं – नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सोही अनुसार संसदमा प्रस्तुत पार्टीको संघीय संसदीय दललाई निर्देश गरेको छ ।

काँग्रेसले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरित रहेको जिकिर गरेको छ ।

यस्तो संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहने काँग्रेसको ठहर छ ।

काँग्रेसको पदाधिकारी बैठकले नागरिकता ऐन २०६३ व्यवस्था कायम हुनुपर्ने अडान लिएको थियो । सोही अनुसार विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थामा काँग्रेसले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा फरक मत राखिसकेको छ । समितिबाट बहुमतलृ पारित भएर संघीय संसदको प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएपछि प्रदेश २ मा काँग्रेसले प्रदर्शनसमेत गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्