तीनकुनेमा बुद्धपार्क निर्माण हुने

काठमाडौँ – काठमाडौँको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिका–३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेसँगै अत्याधुनिक बुद्ध पार्क बन्न मार्गप्रशस्त भएको हो ।
सरकारले २०३२ साल जेठ १४ गते जग्गा प्राप्ति ऐनअनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बने पनि मुुआब्जा विवादले काम अघि बढेको थिएन । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विवाद समाधान गरेर पार्क बनाइने बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्