नेकपा स्थायी समिति बैठक: ओली र प्रचण्डबीच भनाभन, थप छलफलका लागि बुधबार बैठक बस्ने

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समितिको बैठकमा थप दुईवटा एजेन्डामा नेताहरुले आफ्ना धारणा राखेका छन् ।

बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राखेको कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

थप दुईवटा एजेन्डामा जननेता मदन भण्डारीको जन्म जयन्ती र निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एमाले)को विषयमा नेताहरुले धारणा राखेका थिए ।
उनका अनुसार दुईदिन अगाडि दर्ता भएको सो पार्टीमा नेकपाका नेता कार्यकर्ताको सम्लग्नता छ कि छैन भन्ने बारेमा र सरकार हटाउन नेकपाका नेताहरु लागेको भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो विषय बारे विषयवस्तु प्रस्तुत गरेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार राखेका थिए । बैठकमा दुवै अध्यक्षबीच आरोप प्रत्यारोप भएको नेताहरुले बताएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरेका थिए ।

छलफलको लागि भोलि पनि बैठक बस्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्