कसरी पुगिन झापाकी सन्ध्या तिवारी नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ?

निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन दिएकी छन् ।

दर्ता बारे जानकारी पाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको स्थायी कमिटी बैठकमा उनी को हुन् र किन उनले पार्टी दर्ता गरिन भनेर प्रश्न राखेका थिए ।
एकीकृत नेपाल कम्युनिष्ट पार्टीभित्र दुई अध्यक्ष र अन्य नेताहरुबीच तिब्र विवाद भइरहेका बेला अप्रत्यासित रुपमा आएको त्यो विषयबारे छलफल भएको छ ।
प्रधानमन्त्रीबाट हटाउन खोजिए अर्को पार्टी गठन गर्ने तयारी अन्तर्गत एमाले दर्ता गर्न पठाइएको धेरैको अनुमान छ। नेकपाका धेरै नेताहरूको अनुमान के छ भने अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षधरले नै तिवारीलाई एमाले दर्ता गर्न आयोगमा पठाएका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्