अछाममा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि

१४ जेठमा अछामको वयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका(५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो ।

वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । असार ९ गते आरडीटी परीक्षण गरी एक साता घरमै सुरक्षित बस्न भन्दै क्वारेन्टिनबाट पठाएकाे थियाे । घर गएको ५ दिन पछि उहाँको मृत्यु भएकाे हाे । मृत्यु भएको दुई दिनपछि मात्रै उनमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

असार १३ गते राति एक्कासी श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पु¥याइएको र उपचारकै क्रममा १४ गते मृत्यु भएको हाे ।  व्यवस्थापनमा खटिएका अन्य दुई जनाको रिर्पाेट भने नेगेटिभ आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्