संसद दिवस मनाईँदै, सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा शुभकामना व्यक्त

काठमाडौं – नेपालमा आज संसद दिवस मनाइदै छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो । त्यसैदिनको सम्झनामा हरेक वर्ष असार १६ गते संसद् दिवस मनाउने गरिन्छ ।

जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । कोभिड–१९ कारण यसबर्ष संसद दिवसका अवसरमा औपचारिक कार्यक्रम नगरिएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा शुभकामना दिदै राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी भएको उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्