नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज चौथो दिन पनि बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बैठक बस्दै छ । बैठकमा आजबाट कोभिड–१९ रोकथाम एजेण्डामा केन्द्रीत छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाही प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिनेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।

गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए । यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमी समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् । बैठक असार १० गतेबाट सुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्