गण्डकीका ४ जिल्लामा १७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ९६६ पुग्यो

काठमाडौँ – गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार तनहुँमा ५ जना, स्याङ्जामा १ जना, लमजुङमा ३ जना र कास्कीमा ८ जना गरी गण्डकीका ४ जिल्लामा १७ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । भने कोरोनाबाट निको हुनेको संख्या २१४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्