दार्चुलाको नौगाडमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गयाे

दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र निजको ४ बर्षिय छोरा शुसान्त महताकाे निधन भएको हो ।

पहिरोमा परि अन्य चार जना घाईते भएका छन् । पहिराेमा परि ३ घर पूर्ण रुपमा  क्षति र दुइ घरमा आंशिक क्षति भएकाे गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले बताए ।

उक्त घटनामा स्थानीय जनसमुदाय राति देखीनै उद्धारमा संलग्न रहेका र अहिले नौगाड गाँउपालिका र प्रहरी प्रशासनको टोलि समेत पुगी उद्धार कार्य भईरहेको छ । घटनाबारे थप विवरण आउन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्