सर्लाहीमा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते, गोली चलाएको आशंकामा एक पक्राउ

काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते सबैको अवस्था सामान्य छ । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।

प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ एकरएक सय मानिस भेला भएका थिए । त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको छ । गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ । घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्