लकडाउनको अवधिमा साढे ११ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

सरकारले कोभिड–१९ (कोरोना) भाइरसका कारण भएको लकडाउनको अवधिमा विदेशबाट स्वदेश फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन् । लकडाउनको अवधिमा शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय ८५ जना नेपाली फर्किएको कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ ।
कोरोना भाइरसको कारण जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जेठ २१ गतेबाट चार्टर्ड उडान मार्फत आफैं पैसा तिरेर फर्किन सरकारले अनुमति दिएको हो । त्यसपछि सबैभन्दा बढी नेपाली यूएईबाट फर्किएका छन् । यूएईबाट २ हजार १७ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै कुवेतबाट २ हजार २ जना फर्किएका छन् ।
स्वदेश फर्किनेमा बागमती प्रदेशका धेरै छन् । बागमती प्रदेशका ४२ सय ५ जना, प्रदेश १ का २१ सय ६४, प्रदेश २ का १३ सय ९, गण्डकी प्रदेशका १४ सय ६८, प्रदेश ५ का १७ सय ५७ जना, कर्णाली प्रदेशका २३२ र सूदुरपश्चिका २८१ जना स्वदेश फकिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्