दार्चुलाको लेकम गाउपालिको १ नम्बर वडा कार्यालयमा तालाबन्दी

गणेशसिँह धामी, दार्चुला

लेकम गाउँपालिका वडा नम्बर १ को कार्यालय सर्मोलीमा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा सडकको काम अगाडी बढावउनु पर्ने मागसहित आइतबार बिहान वडा कार्यालयमा तालाबन्दी गरिएको युवाहरुले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको ऐरिछाना धनथला सडकलाई दुई खण्डमा बराबर निर्माण गर्ने सहमतिको पालना नभएको भन्दै युवाहरुले तालाबन्दी गरेका हुन् । न्यू हुनैनाथ निर्माण सेवा प्रालीले ठेक्का पाएर निर्माण भइरहेको ऐरीछाना धनथला सडकखण्डलाई ऐरीछानादेखि रातामाटा हुदै धनथला जोड्ने गरी एउटा सडकखण्ड र ऐरीछानादेखि सर्मोली हुदै धनथला जोड्न अर्को सडकखण्ड निर्माण गर्ने गाउँपालिकाको सहमति थियो । रातामाटा क्षेत्रमा बढी काम गरेर सर्मोली क्षेत्रमा थोरै काम भएको युवाहरुको आरोप छ ।
सर्मोलीका केहि युवाहरुले भने जनप्रतिनिधिले आफुहरुलाई बाहानाबाजी र झुटो आश्वासन दिएर सडक निर्माण कार्य रोकेको भन्दै आन्दोलन नै गर्न थालेका छन् । आफुहरुले असार १२ गते वडा कार्यालयमा ध्यानआकर्षण पत्र बुझाइसकेको भएपनि सुनुवाई नभएपछि तालाबन्दी गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्