सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि

सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९८ जनामा कोरोना पुष्टि भएको छ । दिउँसो ३ बजेसम्मको पछिल्लो विवरण सर्वाजनिक गर्दै सेती प्रादेशिक अस्पतालले डोटी पूर्वीचौकी गाउँपालिकाका ४५ जना, डोटीकै आदर्श गाउँपालिकाका १९, धनगढी उप महानगरपालिकाका १० जना, कैलालीको कैलारी गाउँपालिका १० जना, कैलालीकै मोहन्याल गाउँपालिकाका ७ जना, कैलालीकै भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

यस्तै डोटीको के.आइ.सिँह गाउँपालिकाका २ जना, कुमारीकोट, डोटीका २ जना र दिपायल सिलगढी नगरपालिकाका १ जना गरी जम्मा ९८ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिममा १२७ जनामा कोरोना पुष्टि भएको जनाए ।

यो सँगै सुदूरपश्चिममा मात्रै २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्