विद्यालयहरुले गरे जबरजस्ती शुल्क तिर्न अभिभावकलाई ताकेता

S

अभिभावकहरुकाे प्रश्न अहिलेको विषम परिस्थितिमा स्कुलले पढाउँदै नपढाई बन्द रहेको अवस्थामा स्कुल शुल्क तिर्न ताकेता गर्नु कति जायज  ?

तर विद्यालयहरुले जवरजस्ती मोबाइल एसएमएस मार्फत होस् या आफ्नो अफिसियल वेबसाइटबाट होस विद्यार्थीहरुको बैशाख र जेठको शुल्क बुझाउन ताकेता गरेको पाइएको छ । झापाको विर्तामोडमा रहेको लिटिल फ्लावर्स इंग्लिस स्कुलले अभिभावकहरुलाई शुल्क बुझाउन ताकेता गरेको छ ।
कोभिड–१९ तथा कोरना भाइरसले देश आक्रान्त भइरहेको बेला यसरी शुल्क बुझाउन ताकेता गर्नु र देश लकडाउनको अवस्थामा रहेको बेला नपढाएको समयको पनि शुल्क असुल गर्ने अहिले अभिभावकहरुको मेरुदण्ड भाँच्नु नै हो, रोजगारी गुमाएर घरमा बस्नु परेको पीडा त अभिभावकहरुमा छदैँछ त्यसमा पनि नपढाएको शुल्क असुल गर्दा कत्तिको मार पर्ला अनुमान गर्न सकिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्