अमेरिकाका केही राज्यमा पुनः लकडाउन, संक्रमितको संख्या २६ लाख नजिक

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख नजिक पुगेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २८ हजारभन्दा बढी छ ।

वल्ड्रोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा २५ लाख ९६ हजार ५ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या १ लाख २८ हजार १५२ छ ।

फ्लोरिडा, एरिजोना लगायतका राज्यहरुमा कोरोना संक्रमणको दर बढेको छ । फ्लोरिडामा करिब १० हजार र एरिजोनामा साढे ३ हजार नयाँ संक्रमित फेला परेका छन् । थप संक्रमण फैलिन नदिन ती राज्यहरुमा पुनः लकडाउनलगायतका सुरक्षात्मक उपायहरु अपनाउन सुरु गरिएको छ । अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा नराम्रोसँग प्रभावित भएको देश हो । अमेरिकामा गत बिहीबार एकै दिन ४० हजार नयाँ संक्रमित फेला परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्