सुदूरपश्चिमका ८ जिल्लामा २३३ जना कोरोना संक्रमति थपिए, कुन जिल्लामा कति ?

काठमाडौँ – सुदूरपश्चिममा शनिबार एकै दिन २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुार राष्टिय जनस्वास्थय प्रयोगशाला टेकमा गरिएको परीक्षणमा अछामका १३ जना, बैतडीका २४ जना, बझाङका ४ जना, बाजुराका ४ जना, डडेल्धुराका ८ जना, डोटीका ४६ जना, कैलालीका ८ जना र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसै गरी वीर अस्पताल प्रयोगशालामा डोटीका २ र बझाङका ४ जनामा कोरोना पुष्टि भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बाजुराका ८२ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा बैतडीका २, डोटीका २५, कैलालीका ६ र कञ्चनपुरका २ जनामा कोरोना पुष्टि भएको हो ।

यसरी पुष्टि भएका मध्ये बाजुराका ८६ जना, डोटीका ७३ जना, बैतडीका २६ जना, कैलालीका १४ जना, अछामका १३ जना, बझाङका ८ जना, डडेल्धुराका ८ जना र कञ्चनपुरका ५ जना गरी जम्मा २३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्