शनिबार एकै दिन डोटीका ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – डोटीमा एकै दिन ७३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा १५ जना महिला र ३१ पुरुष गरी जम्मा ४६ जना, वीर अस्पताल काठमाडौँको प्रयोगशालामा २ पुरुष, सेती प्रादेशिक अस्पतालमा २५ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार देशभर ५५४ जना कोरोना संक्रमित थपिए सँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्