कोरियामा रहेका ३०० नेपालीलाइ स्वदेश फर्काइदैँ, दोस्रो प्राथमिकताका नेपालीको सूची तयार

दक्षिण कोरियामा रहेका ३०० नेपाली नेपाल फर्किन लागेको दूतावासले जनाएको छ । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेपाल फर्कनु पर्ने दोस्रो प्राथमिकताका नेपालीको सूची तयार पारेको छ ।
गत शनिबार कोरियन एयरले दक्षिण कोरियामा अलपत्र परेका २२८ जना नेपालीहरुलाई काठमाडौं ल्याएको थियो। उक्त विमानले २३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको थियो ।

कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल फर्कंनै पर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्