सडक विभाग : भौतिक पूर्वाधार विकासको लक्ष्य भेट्न गाह्रो, ५० प्रतिशत खर्च हुने अनुमान

File photo

काठमाडाैँ- सडक विभागको वार्षिक लक्ष्य १२ सय किमि सडक कालोपत्र गर्ने रहेकोमा जेठ मसान्तसम्म ७ सय ३६ किमि मात्र सकिएको छ । त्यस्तै ग्राभेल सडक निर्माण लक्ष्य १२ सय किमि रहेकोमा ८ सय ८६ किमि भएको छ । ट्रयाक निर्माण ५ सय किमि लक्ष्यमा ३ सय ९५ किमि, आवधिक मर्मत ५ सय २४ किमिमा ३ सय ११ किमि गरिएको छ । पुल निर्माण ३ सयवटा गर्ने लक्ष्य रहेकोमा १ सय ६८ वटा मात्र सकिएका छन् । भौतिक प्रगति समग्रमा ६५ प्रतिशत हुने संकेत देखिएपनि बजेट खर्च ५० प्रतिशत आसपास हुने अनुमान गरिएको छ ।

विभागअन्तर्गत सञ्चालित आयोजनामा चालु ११ महिनामा ४० प्रतिशत मात्र बजेट खर्च भएको छ । विभागका अनुसार यो तथ्यांक जेठ मसान्तसम्मको हो । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र १० प्रतिशत बजेट खर्च हुने विभागको अनुमान छ । ‘८० देखि ९० प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो । कोभिड–१९ ले गर्दा जुन बेला कामको गति बढ्नुपर्ने हो, त्यही बेला काम गर्न नसकिएकाले लक्ष्य भेट्न मुस्किल भएको छ । असार मसान्तसम्म कुल बजेटको ५० प्रतिशत खर्च हुने अनुमान छ ।

 

अभिलेख फाेटाे

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्