नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्नेछन् । बैठकमा सरकारको कामकारवाही, कोरोना रोकथाम नियन्त्रण तथा उपचारका सम्बन्धमा, नेपालको सीमा समस्या र सामाधानका विषयमा पनि छलफल हुने उनले बताए । त्यस्तै पार्टी एकताका बाँकी कामहरु र एमसीसी र अन्य विविध विषयमा विषेश छलफल हुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्