मंगलबार अपरान्हसम्म ५२५ जना स्वदेश फिर्ता, राती २५८ आउँदै

काठमाडौँ – विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रममा मंगलबार दिनभरमा ५२५ जना नेपाल आएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार कुवेतबाट १६० जना, कतारबाट १४४ जना, थाइल्याण्डबाट ७८ जना र मालदिभ्सबाट १४३ जना स्वदेश फर्किएका हुन् ।
यसरी नेपाल फर्कनेमा प्रदेश १ का ६७ जना, प्रदेश २ का ९१ जना, वाग्मती प्रदेशका १३० जना, गण्डकी प्रदेशका ४५ जना, प्रदेश ५ का ४९ जना, कर्णाली प्रदेशका ४ जना र सुदुरपश्चिम प्रदेशका २ जना छन् ।
मंगलबार नै अष्ट्रेलियाबाट २५८ जना नेपाली नागरिक फर्कने तयारी रहेको छ । नेपाल एयरलायन्सबाट राती १२ बजे नेपाल उत्रने जनाइएको छ ।
नेपाल फर्किएका नेपाली नागरिकलाई उपत्यका स्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परिक्षण र थप विवरण संकलन गर्ने कार्य जारी रहेको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्