नेपाल र भारतको सिमाना छुट्टाउने सिमा स्तम्भ जिर्ण बन्दै

दाङ – दाङ क्षेत्रमा नेपाल र भारतको सिमाना छुट्टाउने सिमा स्तम्भ जिर्ण बन्दै गएका छन् ।

कुल ७७ वटा सिमा स्तम्भमध्ये दुवै देशले करिब एक वर्ष अगाडी नै ६० वटा सिमा स्तम्भ मर्मत गरे पनि १७ वटा सिमा स्तम्भको अझै मर्मत हुन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।

मर्मत गर्न बाँकी रहेका सिमा स्तम्भको बाहिरि प्लास्टर उप्किएको छ भने बिचमा खाडल बन्न थालिसेको छ । मर्मतको काम करिब एक वर्षदेखी रोकिएको छ । दुई देशबिचको सहमती अनुसार नेपालले बिजोर र भारतले जोर नम्बरका सिमा स्तम्भ मर्मत गर्न थालेका हुन् । मर्मत गर्न बाँकी रहेका मध्ये ६०२ नम्बरको मुल स्तम्भको सहायक १ नम्बर स्तम्भ खबरी खोलाले बगाएकाले नयाँ निर्माण गर्नुपर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्