मिटिङका दौरान भएको घटनाबारे क्षमा माग्छौँ, छानविन हुन्छ : पर्यटन बोर्ड

काठमाडौं – नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल मिटिङका दौरान भएको घटनाबारे क्षमा मागेको छ ।

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो ।

मिटिङका क्रममा हृयाक भएर असामान्य परिस्थिति सिर्जना भएको बोर्डले उल्लेख गरेको छ । घटना कसरी भयो भन्ने सम्बन्धमा बोर्डले छानविन प्रक्रिया अगाडी बढाइसकेको समेत उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्