३० बर्षपछि इङ्लिस फुटबलको उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोल रहित बराबरीमा रोकेको छ ।

गएराती भएको खेलमा १८औ स्थानमा रहेको इभरटनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई बराबरीमै रोकेको हो । बराबरीसंगै एक अंक पाएको लिभरपुलको ८३ अंक छ ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसंगको ६० अंक मात्रै रहेका कारण सहजै लिग उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल छ । ३० बर्षपछि इङ्लिस फुटबलको महत्वपूर्ण उपाधि जित्ने लयमा रहेको लिभरपुलले यसका लागि अझै पाँच अंक भने जोड्नु पर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्