चौरजहारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा (पूर्णपाठसहित)

रुकुम (पश्चिम) – चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार नगर प्रमुख विशाल शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाको ११ औँ नगरसभामा प्रमुख शर्माले शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेको बताए । उनले “नगरमै रोजगार, गर्वको आधार” अभियानलाई निरन्तरता दिई नगरका सम्पूर्ण बेरोजगार युवाहरुलाई रोजगार बनाउने नीति अवलम्बन गरिने पनि उल्लेख गरे ।

एक वडा एक स्वास्थ्य संस्थाको मान्यता अनुरुप प्रत्येक वडामा आधारभुत स्वास्थ्य सस्था स्थापना गरि आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । १५ सैयाको नगर अस्पताल सञ्चालको लागि आबश्यक पूवार्धार निमार्णको कार्य तिब्र गतिमा भैरहेको पनि नगर प्रमुख शर्माले जानकारी दिए ।

उनले ‘एक घर एक करेसाबारी’ को नीति अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर हुने नगरपालिकाको लक्ष्य रहको बताए । जग्गा बाझो राख्न नपाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै ‘व्यावसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मानः सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गर्ने जनाइएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा सोमवार छलफल गरीनेछ । उक्त छलफलमा उठेका प्रश्नको जवाफ सहित सोमवार नै प्रस्तुत नीति तथा कार्यक्रम सभा वाट पारित गरी निर्णयार्थ पेश गर्ने समयतालिका निर्धारण गरीएको छ ।

आगामी असार १० गते विहान ११ वजे चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को आय व्ययको विवरण वजेट सभामा प्रस्तुत गर्ने कार्यसुचीमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्