आरडीटी गरेर क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

गत जेठ १६ थते भारतको हिमाचलबाट फर्किएका उनी छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।

क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि युवकलाई घर पठाइएको भेरीगंगा नगरपालिका नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिए । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो । आइतबार ती युवकलाई एक्कासी झाडापखला लागेपछि छिन्चुस्थित गेणेश मेडिकलमा ल्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य प्रमुख बुढाले बताए । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ । पीसीआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए । युवकको शव प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्