नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरीको बीओपी स्थापना

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको बीओपी औपचारिक रुपमा स्थापना भएको छ । बीओपी स्थापान भएपछि हुम्लावासीमाझ खुसीयाली छाएको छ ।

आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी (बीओपी ) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा आएको टोलीले सिमाना हिल्सामा पुगेर चौकीको स्थापना गर्दा हुम्लावासीमा हर्षित भएका छन् ।

देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलो पटक सीमा सुरक्षा चौकी स्थापना भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले बताए । उनले एक औपचारिक कार्यक्रमबीच सीमा चौकीको उद्घाटन गरेका थिए । सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु बीओपीको पहिलो प्राथमिकता भएको उनले बताए ।

त्योसँगै अब चौकीले दुई देशका विरुद्ध हुने गतिविधिहरूको पनि निगरानी राख्नेछ । हाललाई चौकीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली बस्ने बताउँदै डिआईजी श्रेष्ठले कर्णाली प्रदेशका सिमा जोडिएका जिल्लामध्ये पहिलो बीओपी हुम्ला जिल्लाको हिल्सा नाकामा स्थापना भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्