होम क्वारेन्टाइनमा बसेकी ११ वर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्बिर

प्युठान – प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ ।

झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो ।

आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ । मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए । बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्